७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ९३ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहको शेयरमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।

कारोबार भएकामध्ये ८८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय १८ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। कूल ३९ लाख ४६ हजार २४ कित्ता शेयर रु एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ मूल्यमा खरिद बिक्री भएको छ।

कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो।

यस्तै, शिवम् सिमेन्ट छ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर छ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैंक तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आँधीखोला लघुवित्त, आर्दश लघुवित्त र खप्तड लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, सिद्धार्थ इन्स्योरेन्स छ दशमलव १४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच दशमलव ७६ प्रतिशतले कमाएका छन्।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स तीन दशमलव ८५, राप्ती हाइड्रो तीन दशमलव ८४, सामलिङ पावर तीन दशमलव ७९, तारागाँउ रिजेन्सी होटल तीन दशमलव ७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले तीन दशमलव २९ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: १६ फाल्गुन २०७९ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App