८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकद्वारा सोलार बस स्टयाण्ड उद्घाटन

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टौखेल ललितपुरमा सोलार बस स्टयाण्ड उद्घाटन गरेको छ।

बैंकले ललितपुर महानगरपालिका ३ को टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा उक्त सोलार बस स्टयाण्ड उद्घाटन गरिएको हो। एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।

यसै सन्दर्भमा बैंकले एक कार्यक्रमकाबीच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ३ को टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयाण्डको उद्घाटन गरेको हो।

उक्त सोलार बस स्टयाण्डको उद्घाटन ललितपुर महानगरपालिका वडा ३ का वडाध्यक्ष सानुराज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका छन्। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले नवनिर्मित सोलार बस स्टयाण्डले ललितपुर महानगरपालिका वडा ३ टौखेलका स्थानीय बासिन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रूपमा विकसित गर्न उक्त बस स्टयाण्डले थप मदत गर्ने विश्वास गरेका छन्।

प्रकाशित: १४ फाल्गुन २०७९ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App