२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पश्मिना उत्पादक र निर्यातकर्ताकाे भेला

काठमाडौं– नेपाल हस्तकला महासंघको बाणिज्य परिषद्को आयोजनामा सोमबार राजधानीमा उत्पादक र निर्यातकर्ताहरुको भेला भएको छ।

पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा निकासीकर्ताहरुलाई एकै थलोमा भेला गराई व्यापारिक सम्बन्ध कायम गराउने, क्रेताको चाहना अनुरुपको डिजाइन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे बिक्रेतालाई जानकारी गराउने उद्देश्यले पश्मिना वस्तुको क्रेताबिक्रेता भेला २०७३ आयोजना गरिएको महासंघले जनाएको छ।

नेपाल सरकार बाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले निर्यात योग्य हस्तकलाको वसतु पश्मिनाको प्रबद्र्धनको लागि के कस्ता उपाय अपनाउन सकिन्छ रु भनी क्रेता र बिक्रेता बीच सामिप्यता बढाई व्यापार प्रबद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। शाक्यले नेपाली हस्तकला क्षेत्रको विकास र प्रबद्र्धनको लागि क्राफ्ट भिलेजको आवश्यकता रहेकोले उक्त पूर्वाधारको स्थापनाको लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा ङईन्द्रप्रसाद उपाध्यायले भेलाले नेपाली हस्तकला क्षेत्रको प्रबद्र्धन र अन्तराष्ट्रिय बजारमा पु¥याउनको लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। साथै उनले नेपाली पश्मिनाको गुणस्तर अन्तय मुलुकसँग अतुलनीय भएकोले नेपाली पश्मिनाको पहिचानमा गुणस्तरीयतामा कुनै सम्झौता नगर्न उत्पादकहरुलाई आग्रहसमेत गरे। उनले नेपाली पश्मिनाको पहिचान सुनिश्चित गर्न गराउनको लागि सम्बद्ध सबैको ध्यान पु¥याउनको लागि आग्रह गरे। हस्तकलाको प्रबद्र्धनको लागि नेपाल सरकार सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

भेलामा महासंघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, नेपाल सरकार बाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवाली, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेलगायत क्रेता–बिक्रताहरु गरी करिब ३५ जनाको सहभागिता थियो ।  

प्रकाशित: १७ आश्विन २०७३ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App