३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनमा कृषि सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु

चितवनमा कृषि सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको आयोजनामा चितवन उद्योग संघको प्रर्दशनी केन्दमा शुक्रबारदेखि ‘नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी’ सुरु भएको हो। माघ २९ गतेसम्म सञ्चालन हुने प्रर्दशनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले गरिन्। उद्घाटनको क्रममा उनले देशको समग्र अर्थतन्त्रको हिंसा ओगटेको कृषि प्रधान देश नेपालमा कृषिसँग सम्बन्धि प्रदर्शनीहरुले निकै ठूलो महत्व रोखेको बताइन्।

प्रविधियुक्त प्रदर्शनीहरुले सामान्य किसानदेखि ठूलो परिमाणमा व्यवसायिक कृषिसँग काम गर्र्दै आएका कृषकहरुलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। नयाँ नयाँ प्रविधिबारे किसानलाई जानकारी दिनका लागि यो प्रर्दशनी महत्वपूर्ण बन्ने उनले बताइन्। कार्यक्रममा उनले किसानका समस्या समाधान गर्न आफु प्रयत्नशिल रहेको बताइन्। ‘अहिले किसानलाई बजारिकरणको समस्या छ। त्यसका लागि हामीले भन्सारलाई कडाई गर्दैछौँ। भन्सारमा ल्याभसमेत राख्ने काम गर्दछौँ,’ उनले भनिन्, ‘बजारिकरणका लागि हामी लागिपरेका छौँ।’

उत्पादित कृषि औजार तथा मेसिनरी वस्तु तथा कृषि उपजका विषयमा किसानलाई जानकारी गराउने उद्देश्यका साथ प्रर्दशनी गरिएको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए। यस्तो प्रर्दशनी पाँचौ पटक हो। यसअघि देशका विभिन्न भागमा भैसकेको छ। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका एक सय ५ वटा स्टलहरु रहेका छन। यहाँ नेपाल, भारत, चीन र ताईवानका कम्पनीका स्टलहरु रहेका छन। त्यसमध्ये नेपालका ४५ वटा स्टल रहेको उनले बताए। प्रर्दशनीमा कृषि, डेरी तथा पोल्ट्री, माछापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि बारेमा जानकारी लिन सकिने उनले बताए।

प्रर्दशनीमा देश भरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा आयोजकले विश्वास लिएको छ।  निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना–साना औजार, मेसिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजकको विश्वास छ। सोही अवसरमा प्रदर्शनीको अवलोकन गर्दै मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.वसन्त कुशवाहा, कन्सुल जनरल भारत बिरगञ्जका प्रमुख नितेश कुमार, इसोचामका सहायक निर्देशक मनाङ्क शर्मा लगायतले यस्ता खाले प्रदर्शनीले वास्तविक कृषकहरुको मर्म, भावना समेटन सक्ने भएकोले प्रदर्शनी निकै फलदायी भएको बताएका थिए।

प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु रहेका छन्।

प्रकाशित: २७ माघ २०७९ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App