३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

नाग्म–गमगडी सडकको ६ किमी कालोपत्रे गरिँदै

नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ। चालु आर्थिक बर्ष भित्रै सम्पन्न हुने गरी नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो।  

९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे ६ किमी सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले बताए। फागुन पहिलो हप्ताबाट कालोपत्रेको काम सुरु हुने उनले बताए। उनका अनुसार हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म, नाला निर्माण कंक्रीट ढलान, पर्खाल निर्माण लगायत स्टक्चरको काम हुने भएको हो।  

इन्जिनियर चौलागाईले भने पहिलो चरणमा साढे ६ किलोमिटर सडक कालोपत्रे हुने बताए। टेण्डर भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेश समेत भइसकेको छ। निर्माण कम्पनीले चालु आवकै असार मसान्त भित्र कालोपत्रे सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईले बताए।  

नाली निर्माण, पक्की पर्खाल निर्माण, कंक्रीट ढलानका साथै कालोपत्रेको काम हुने छ। नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड खर्च हुने अनुमान छ। पहिलो चरणमा ४० करोड लागतमा साढे ६ किमी सडक कालोपत्रे भएपनि समग्र ९३ किमी नै सडक कालोपत्रेका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।

प्रकाशित: २५ माघ २०७९ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App