४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय बजारमा जगदम्बा स्टिल्सको माग

जगदम्बा स्टिल्सले जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस अन्तर्राष्ट्रिय तहमा निर्यात गर्ने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस अन्तर्राष्ट्रिय तहमा निर्यात गर्ने घोषणा गरेको कम्पनीले जनाएको छ।

जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस प्रिमियम एलुमिनियम–जिंककलर कोटेड र प्लेन सिट तथा कोइल्सहरू हुन् जसलाई ग्याल्भाल्युम पनि भनिन्छ। यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्तापाता भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँछ।

प्रकाशित: १८ माघ २०७९ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App