१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

४४ औं पर्यटक प्रहरी दिवस सम्पन्न

नेपाल पर्यटक प्रहरीमा भएको स्रोत तथा साधनको कमीलाई सरकारले गम्भीर रूपमा लिएको संस्कृति नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन्। ४४ औं प्रहरी पर्यटकको दिवसको अवसरमा बोल्दै मन्त्री किराँतीले पर्यटक प्रहरीले भोगिरहेको कमी, कमजोरी तथा समस्यालाई सरकारले निकट भविष्यमै सम्बोधन गर्ने बताए। सरकारले २० लाख पर्यटक भित्र्याउने नीति तथा कार्ययोजना ल्याइरहँदा पर्यटकहरूको सुरक्षाबिनासम्भव नहुने उल्लेख गर्दै यसका लागि पर्यटक प्रहरीलाई सुविधा सम्पन्न गर्नु राज्यको दायित्व भएको र त्यो पूरा हुने प्रतिबद्धता व्यक्त गरेका छन्।  

यस्तै पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले पर्यटक प्रहरीको उपस्थितिले पर्यटकहरू सुरक्षित भएको अनुभूति गरी बस्न सक्ने भएकाले पर्यटन क्षेत्रमा पर्यटक प्रहरीको एकदमै आवश्यता भएको बताएका छन्। उनले नेपालको पर्यटक प्रहरीहरूको प्रभावकारी कामको कारण पर्यटक प्रहरी विश्वव्यापी रूपमै चर्चित भएको उल्लेख गर्दै उनीहरूको आवश्यकतालाई सहजीकरण गर्न बोर्ड सदैब तयार रहेको बताए।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले विश्वसामु नेपाललाई सुरक्षित पर्यकीय मुलुकको रूपमा सदैब काम गरिरहेको पर्यटक प्रहरीको आफ्नै भवन नभएका कारण पनि समस्या भएको बताएका छन्। यसका साथै उनले पर्यटक प्रहरीलाई सवारी साधन र पर्यटकहरूलाई सहजीकरण गर्ने क्रममा हुने सुरक्षित घरकोसमेत अभाव भएको हुँदा पर्यटक प्रहरीले भोग्नुपरेका यी समस्यालाई सरकारले गम्भीर रूपमा लिन सुझाएका छन्।  

पर्यटकहरूको बसाइ सुरक्षित र मर्यादित बनाउन गठित पर्यटकीय प्रहरी एकाइको उपत्यका भित्र १० र बाहिर १८ गरी जम्मा २८ कार्यालय छन्।

प्रकाशित: १३ माघ २०७९ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App