७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०७९

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले संयुक्त रूपमा ‘नेपाल उड इन्टरनेश्नल एक्स्पो’ तथा नेपाल इन्टरनेसनल फर्निचर एण्ड होम डेकोर इनटरनेसनल एक्स्पो’ आयोजना गर्ने भएको छ।

प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ब्राण्डहरूका स्टल रहने आयोजकले जनाएका छन्। साथै प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विश्वास कम्पनीको छ।

 प्रदर्शनीले फनिर्चर, प्लाइउड तथा काठ औजार कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रमा आउने नयाँ प्रविधि बारे जानकारी गराउन विगत ७ वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको आयोजकले जनाएका छन्।

प्रदर्शनी यही माघ १३-१५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

प्रकाशित: १२ माघ २०७९ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App