१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

६ महिनामा यातायात कार्यालय उदयपुरद्वारा ६ करोड राजश्व संकलन

यातायात कार्यालयमा आएका सेवाग्राहीहरू। तस्विरः महेश्वर

यातायात व्यवस्था कार्यालय उदयपुरले चालु आर्थिक वर्ष सुरुको ६ महिनामा झण्डै साढे ६ करोड राजश्व रकम संकलन गरेको छ।

यातायात क्षेत्रको आमदानी, व्यवसाय रजिस्ट्रेसन दस्तुर, चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लु बुक) सम्बन्धी दस्तुर र सवारी साधन कर बापत राजश्व लिने गरेको छ।

जस अनुसार सवारी साधन दर्ता, नवीकरण, दर्ता खारेजी, सरुवा, लगत कट्टा तथा चालक अनुमति पत्र (लाइसेन्स) वितरण सेवा दिए बापत गएको साउनदेखि मंसिरसम्मको ६ महिनामा ६ करोड ३० लाख २ सय ६८ रुपैँया राजश्व संकलन गरेको कार्यालय प्रमुख श्याम लिम्बुले बताए।

उनका अनुसार यातायात क्षेत्रको आम्दानीबापत १४ लाख ५० हजार १० रुपैँया उठाएको छ। व्यवसाय रजिस्ट्रेसन दस्तुर बापत ४ हजार ६ सय, लाइसेन्स तथा ब्लु बुकबाट २ २ करोड २० लाख ५५ हजार १ सय २० र सवारी साधन कर बापत ३ करोड ९४ लाख ९० हजार ५ सय ३८ रुपैँया संकलन भएको छ। 

कार्यालयले पुस महिनामा मात्र यातायात क्षेत्रको आम्दानीबापत २ लाख १४ हजार ५ सय १० उठाएको थियो भने लाइसेन्स र ब्लु बुकबाट २४ लाख २८ हजार ५५ र सवारी साधन कर बापत ७७ लाख ७१ हजार ९ सय १७ रुपैँया राजाश्व संकलन भएको प्रमुख लिम्बुले बताए।

कार्यालयले नयाँ तथा पुराना सवारी साधन दर्ता, नवीकरण, नयाँ लाइसेन्स वितरण र नवीकरणका कामहरूबाट धेरै जसो राजश्व संकलन हुने गरेको जनाएको छ। जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दर्ता र लाइसेन्स वितरण कार्य बढेकाले राजश्व पनि बढ्दै गएको हो। लिम्बुका अनुसार पुस महिनामा मात्र नयाँ लाइसेन्सका लागि ९ सय ४७ वटा आवेदन परेको छ। स्थापनाकालदेखि पुस मसान्तसम्म ८ हजार ३ सय ४३ वटा नयाँ लाइसेन्सको आवेदन परेको उनले बताए।

त्यस्तै वर्ग थप लाइसेन्सको आवेदन पनि अघिल्लो साउनसम्म १ हजार १ सय २२ वटा थियो भने पुसमा १ सय ४५ थपिएर १ हजार २ सय ६७ वटा पुगेको छ। नयाँ लाइसेन्स र वर्ग थपको गरी पुसमा मात्र १ हजार ९२ परेर हालसम्म ९ हजार ६ सय १० पुगेको छ। जस मध्ये कार्यालयले हालसम्म ६ हजार १ सय १० वटा लाइसेन्स वितरण गरिसकेको छ।

पुसमा मात्र ४ सय १४ वटा नयाँ लाइसेन्स वितरण गरेको कार्यालयले वर्ग थपको लाइसेन्स ६० वटा वितरण गरेर हालसम्म वर्ग थपको वितरित लाइसेन्सको संख्या १ हजार ८१ पुगेको लिम्बुले बताए। यसरी हालसम्म कार्यालयले पुसमा ४ सय ७४ समेत गरी हालसम्म ७ हजार १ सय ९१ वटा लाइसेन्स बाँडेको छ। पुसमा मात्र १ सय ५३ समेत गरी हालसम्म ८ सय ३३ वटाको नवीकरण गरेको कार्यालय प्रमुख लिम्बुले बताएका छन्।

कार्यालयले पुस महिनामा ९९ वटा सवारी साधन दर्ता गरेको छ। जसमा सार्वजनिक ६ वटा, निजी ८७ र सरकारी ६ वटा दर्ता भएका छन्। साउनदेखि मङ्सिर सम्म सार्वजनिक ५१ वटा, निजी ९ सय ५० र सरकारी २१ वटा गरी १ हजार २२ वटा सवारी साधन दर्ता भएको कार्यालय प्रमुख लिम्बुले बताए। 

०७६/७७ देखि हालसम्म सार्वजनिक साधन ४ सय ३४ वटा, निजी ९ हजार ९७ वटा र सरकारी १ सय ४८ वटा गरी ९ हजार ६ सय ७९ वटा साधन दर्ता भएको कार्यालयले अभिलेखले देखाएको छ।

आर्थिक वर्ष ०७६/७७ मा स्थापना भएको कार्यालयको अभिलेखले सो वर्ष सार्वजनिक ४९ वटा, निजी १ हजार २ सय ५६ र सरकारी १२ वटा सवारी दर्ता भएको थियो। त्यस्तै ०७७/७८ मा सार्वजनिक १ सय २७ वटा दर्ता हुँदा निजी ३ हजार १ सय ७ र सरकारी १२ वटा, ०७८/०७९ मा सार्वजनिक, निजी र सरकारी सवारी साधनहरू क्रमशः २ सय १ वटा, ३ हजार ६ सय २७ र ६४ वटा दर्ता भएका थिए। 

समग्र सवारी दर्ता संख्या ०७६/०७७ मा १ हजार ३ सय १७, आव ०७७/०७८ मा ३ हजार ३ सय ४९ र ०७८/०७९ मा ३ हजार ३ हजार ८ सय ९२ दर्ता भएका थिए भने चालु वर्षको पुस मसान्तसम्म १ हजार २२ वटा दर्ता भएको छ।

प्रकाशित: ९ माघ २०७९ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App