१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

पेट्रोलको मूल्य बढेर आयो

इन्डियन आयल कर्पोरसन (आइओसी)बाट इन्धनको नयाँ मूल्य आएको छ। नेपाल आयल निगमलाई आईतबार प्राप्त मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेलको मूल्य घटेर आएको छ।

पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ। त्यसैगरी, डिजेलको मूल्य प्रतिलिटर ३ रूपैयाँ ७० पैसा घटेर आएको छ। आइओसीले अंग्रेजी तारिख अनुसार हरेक १५–१५ दिनमा दररेट पठाउने गरेको छ।

प्रकाशित: ३ माघ २०७९ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App