१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक मन्दीको प्रभाव कायमै रहने: विश्व बैंक

विश्व बैंकले सन् २०२३ मा विश्वका अधिंकाश राष्ट्रमा आर्थिक मन्दीको प्रभाव कायमै रहने प्रक्षेपण गरेको छ। विश्व बैंकले सन् २०२३ को सन्दर्भमा गरेको प्रक्षेपण रिपोर्टले विश्वको आर्थिक वृद्धि १.७ प्रतिशत रहने अनुमान गरेको छ। विश्व बैंकले ६ महिनाअघि सन् २०२३ मा आर्थिक वृद्धि ३ प्रतिशत हुने अनुमान गरेको थियो तर ६ महिनाको अवधिमा बैंकले आर्थिक मन्दीकै कारणले आर्थिक वृद्धिद्धर १.७ प्रतिशत मात्र हुने बताएको छ।

विश्व बैंकले उच्च मुद्रास्फीति, उच्च ब्याज दर, कम लगानी र युक्रेनमा रूसको आक्रमणका कारण उत्पन्न अवरोध लगायतका कारणले विश्वव्यापी वृद्धिको गति सुस्त भएको जनाएको छ। विश्व बैंकले ८० वर्षको समयमा एकै दशकमा एकै पटक दुई वटा विश्वव्यापी मन्दी आएको जनाएको छ।

विश्व बैंकले सन् २०२३ मा विश्वभरिको आर्थिक वृद्धि दर १.७५ प्रतिशत र सन् २०२४ मा २.७५ ले वृद्धि हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले सन् २०२३/२४ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। दक्षिण एसियाली मुलुकहरूमा सन् २०२३/२४ मा बंगलादेशमा ६.२ प्रतिशत, भारतमा ६.६ प्रतिशत, पाकिस्तानमा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। भुटानमा भने ३.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

प्रकाशित: २८ पुस २०७९ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App