२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सर्वोच्च सहकारीको लाभांश वितरण

सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्था (साकोस) को २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष तुलाबहादुर बडालको सभापतित्वमा सम्पन्न भएको थियो। उक्त साधारण सभाले शेयर सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ।

बैंकले आव २०७८/२०७९ मा कुल शेयर पुँजी एक करोड अठ्सठ्ठी लाख दश हजार नौ सय रूपैयाँ रहेको संस्थाले कुल निक्षेप संकलन १३ करोड ९६ लाख रूपैयाँ, कुल कर्जा लगानी १२ करोड ६७ लाख गरेको थियो।

यसैगरी संस्थाले कुल आम्दानी २ करोड ९ लाख गर्दै सञ्चालन मुनाफा ४० लाख ८९ हजार रूपैयाँ गरेको जनाएको छ। यस्तै कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ब्रह्मबहादुर बजगाईंले संस्थाको वार्षिक प्रतिवेदन तथा गतिविधिको बारेमा जानकारी गराएका थिए। 

प्रकाशित: २७ पुस २०७९ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App