२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थ सचिवमा राया र घिमिरे

नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयका सचिवको सरुवा भएको छ। सरकारले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको हो।

अर्थ सचिव कृष्णहरि पुष्करलाई सरुवा गरेर रायालाई ल्याएको हो। उपप्रधानमन्त्री पौडेलले रायालाई रोजेका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव राया अर्थमन्त्रालयकै क्याडर हुन्। रायासँग राजस्व र भन्सारमा काम गरेको अनुभव छ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सचिवहरूको सरुवा गरेको हो।  

प्रकाशित: २२ पुस २०७९ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App