२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ६४.८७ अंकले वृद्धि

मंगलबार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो। 

नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ। त्यस्तै बुधबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि १४.०९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८८ अंकले बढेको छ।

बुधबार कारोबारमा आएका २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता शेयर ३ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढेको छ। मंगलवार ३ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएको थियो।

बुधवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ९.७४ प्रतिशत बढेको छ। त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। यता विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ।

नेप्से परिसूचक बढेसँगै २४ भन्दा बढी कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा कालिका लघुवित्त,साल्ट ट्रेडिङ्ग कर्पोरेशन, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ। कारोबार रकमका आधारमा बुधबार हिमालयन डिष्टिलरीले ११ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेको छ।  

प्रकाशित: २० पुस २०७९ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App