२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

ज्योति बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका विभिन्न ६ अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो।

बैंकले फेटा स्वास्थ्य चौकी-बारा, खैरहनी नगर अस्पताल-चितवन, बघौडा अस्पताल-चितवन, हर्नैया स्वास्थ्य चौकी-रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी-दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र-कञ्चनपुरलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

प्रकाशित: १४ पुस २०७९ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App