२६ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एक्कोर समूहले ‘मर्क्योर काठमाडौं’ निर्माण गर्ने

एक्कोर समूहले नेपालमा ‘‘मर्क्योर काठमाडौं’ होटल निर्माण गर्ने भएको छ। होटल व्यवसायमा चर्चित निनेयो समूहले नेपालमा पहिलोपटक होटल व्यवसायमा लगानी गर्न लागेको हो।

‘मर्क्योर काठमाडौं’ निर्माण गर्न नेपाल मादी मेट्रोपोलिटन होटल कम्पनी स्थापना गरिएको छ। सन् २०२३ मा होटल निर्माण गर्न दि मेट्रोपोलिटन होटल र एक्कोर इन्डिया एण्ड साउथ एसिया बीच सम्झौता भएको थियो।

सम्झौता अनुसार एक्कोर समूहले दि मेट्रोपोलिटन होटलमार्फत काठमाडौंमा १०२ कोठाको सुविधा सम्पन्न होटल निर्माणका लागि लगानी गर्नेछ। प्राचीन परम्परा बोकेको काठमाडौं ऐतिहासिक एवं सांस्कृतिक रूपमा समेत धनी रहेको हुँदा रिङरोड परिसरभित्र ‘मर्क्योर काठमाडौं’ होटलको संरचना निर्माण गर्न लागेको वक्तव्यमा उल्लेख छ।

एक्कोर इन्डिया एण्ड साउथ एसियाका वरिष्ठ उपाध्यक्ष पुनीत धवनले नेपालमा पहिलो मर्क्योर होटल स्थापना गर्न सम्बन्धमा सम्झौता गर्न पाउँदा खुशी लागेको बताएका छन्। उनले आफ्नो तर्फबाट इमानदारितापूर्वक सम्झौता अनुसार काम गरी होटल निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याउनका लागि आतुर रहेको बताए।

भारत र दक्षिण एसिया हेर्ने एक्कोरका अर्का उपाध्यक्ष अनिरुद्धकुमार विकासले काठमाडौंको भव्यता, सौन्दर्य तथा यहाँका सम्पदा हेर्न विश्वका पर्यटक आउने हुँदा मक्र्योर होटल निर्माणले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा योगदान पुग्ने बताए ।

प्रकाशित: १४ पुस २०७९ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App