१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाइफ’ योजना सुरु

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले महालक्ष्मी इन्स्योरेन्सद्वारा प्रस्तुत कार्यक्रमको उद्घाटन गरेका छन्। कार्यक्रममा अध्यक्ष मनोरञ्जनरमण शर्माले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम सञ्चालन गरेको बताए।

उनले आर्थिक तथा पिछडिएका कमजोर महिलाको उत्थान नभई समग्र देशको उन्नति नहुने भएकाले उनीहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार आव २०७९/८० भित्र परीक्षणका रूपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिनेछ। यस्तै कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य कम्पनीले लिएको छ।

कार्यक्रममा सरकारी, गैरसरकारी निकायसँग समन्वय गरी महिलाललाई तालिम दिने, रोजगारीको लागि बिमा लगायत विभिन्न कार्यमा संलग्न गराउने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिलाहरूलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने बताए। 

प्रकाशित: ७ पुस २०७९ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App