२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबि बैंकद्वारा ‘अपन एनएमबी बचत खाता’ सञ्चालन

एनएमबी बैंकले ‘अपन एनएमबी बचत खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले मधेश प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्य राखेर ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने गरी उक्त खाता सञ्चालनमा ल्याएको हो।  

यसका साथै बैंकले ग्राहकलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेयर, आस्वा सेवा लगायतका सुविधा पनि प्रदान गरिरहेको जनाएको छ।

एनएमबी बैंकले विगत २६ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ। एनएमबी बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था हो।  

बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भइसकेको छ।

प्रकाशित: ५ पुस २०७९ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App