५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यवसायीका बैंकिङ र वित्तिय समस्या पहिलो प्राथमिकतामाः अध्यक्ष पराजुली

साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन भएका छन्।  

विराटनगरमा शुक्रबार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्बिरोध निर्वाचित गरेको हो। निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताए। उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए। अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र् वित्तिय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।

महासंघ नेपाल महासंघको सहअध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर बिष्ट लगायतका २७ जना पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन्।

प्रकाशित: २ पुस २०७९ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App