२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्टार्टअप व्यवसायका लागि सिएनआईको सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।

नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्टअपहरूलाई स्केलिङअप, विश्वव्यापी विस्तार र कोष सङ्कलनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

स्टार्टअप रेसोले भारतमा बुट क्याम्प र एक्सलेटर कार्यक्रममार्फत विगत नौ वर्षमा आठभन्दा बढी स्टार्टअपहरूलाई लगानी गर्दै १२ हजार बढीलाई प्रत्यक्ष रोजगारी सिर्जनामा सहयोग गरेको छ। त्यसैगरी, ४० भन्दा बढी एक्सलेटर स्थापना, नवीनतम रोजगारी सिर्जनामा सहयोग गर्दै १ करोड ३० लाख डलर बराबर राजस्व, अनुदान र प्रयोजनामा सहयोग पुर्‍याएको छ।

सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सीईओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअप व्यवसायलाई माथि उठाउन प्रोत्साहनमा सघाउने बताए। ग्रोथएक्स एभरेष्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सलेटर कार्यक्रमहरूभन्दा फरक पहल भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले बताइन्। यो कार्यक्रम क्रस बोर्डर मेन्टरसीप, नेटवर्किङ र विस्तारमा केन्द्रित रहेको बताए।

स्टार्टअप रेसोका संस्थापक तथा सिइओ अजय राम सुब्रमण्यमले दक्षिणमा धेरै उदीयमान बजारहरू रहेकाले नवप्रवर्तन फस्टाउन लागेको बताए।

प्रकाशित: २९ मंसिर २०७९ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App