२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से ३१.९७ अंकले घट्यो

साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ।

आईतबार नेप्से परिसूचक ३१.९७ अंक घटेर १८८५.३१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ।

आईतबार कारोबारमा आएका २५३ कम्पनीको ३५ लाख १२ हजार कित्ता शेयर १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिब उपसमूहको परिसूचक २.३० प्रतिशत घटेको छ। त्यस्तै,विकास बैंक, फाइनान्स,जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचकमा गिरावट आएपनि सिवाईसी लघुवित्त र समिट लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। तर नाडेप लघुवित्तको शेयर मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा शिवम सिमेन्टको १० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: २५ मंसिर २०७९ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App