१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

लेकसाईडमा खुल्यो हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउञ्ज

पोखराको लेकसाईडमा १२ करोड रुपैयाँ लगानीमा हिमालयन ग्लोरी ईन होटल तथा थ्री सिक्स्टी स्काई लाउञ्ज सञ्चालनमा आएको छ। पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’को लगानीमा पोखराको हल्लनचोकमा होटल तथा लाउन्ज रेस्टुरेन्ट सञ्चालनमा आएको हो।

तीन तला रहेको भवनको एउटै छानामुनि होटल तथा रेष्टुरेण्ट सञ्चालनमा छ। भवनको भुईंतला र पहिलो तलामा होटल छ। जसमा बालकोनीसहितका वातानुकुलित १५ वटा कोठाहरु रहेको सञ्चालकको भनाई छ। भवनको सबैभन्दा माथिल्लो र दोश्रो तलामा भने रेष्टुरेण्ट छ। रेष्टुरेण्ट ‘स्काई गार्डेन’को अवधारणा अनुरुप बनाइएको निर्देशक भिष्मराज पौडेलले बताए।

उनका अनुसार भवनको माथिल्लो तलामा रहेको रेष्टुरेण्टबाट ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ। जहाँबाट पोखराको प्रमुख पर्यटकीय स्थल फेवाताल, सराङकोट, शान्ति स्तुप, पुम्दिकोट तथा लेकसाइड वरपरको दृश्यावलोकन गर्न सकिन्छ। ‘एकै ठाउँमा बसेर पाहुनाले ३६० डिग्री भ्यू हेर्न सकोस् भनेर हामीले स्काई गार्डेन बनाएका हौं। जहाँबाट पाहुनाले एकै ठाउँमा बसीबसी पोखराका प्रमुख पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकुन्’–निर्देशक पौडेलले भने।

१५ वटा कोठा रहेको होटलमा सिंगल, डबल रुम, स्वीट रुम, डिलक्स रुमहरु छन्। जहाँ बसेर पर्यटकले कोठाबाटै फेवाताल, सराङ्कोट, शान्ति स्तुप, पुम्दीकोटको महादेवको मूर्तीलगायतको दृश्यावलोकन गर्नसक्ने निर्देशक विश्वराज पौडेलले जानकारी दिए। होटलका कोठाको सजावटमा ढाकाको कपडा, थान्का, नेपाली पेन्टीङ लगायतका नेपाली उत्पादनलाइ  प्राथमिकता दिई प्रयोग गरिएको छ। होटलसँगै करीब ४० जना अट्ने सेमिनार हलसमेत रहेको पौडेलले बताए। उनका अनुसार सभा, सेमिनार तथा बैठक राख्नका लागि हल उपयुक्त हुन्छ।  

थ्री सिक्स्टी स्काई लाउञ्जमा चाइनिज, कन्टिनेण्टल, थाई, इन्डियन, नेपाली खाना तथा बजारमा उपलब्ध सबै किसिमका पेय पदार्थ उपलब्ध हुने कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए। १६५ जनाको क्षमता रहेको रेस्टुरेन्टमा ग्राहकको सहजताका लागि नेपालीपन झल्कने गरि मझेरी, भट्टी, दृश्यहल, भञ्ज्याङ, पलेटी, कौशी, पालि, पानी फोहोरा, खुल्ला आकाश लगायत फरक फरक कक्षहरु निर्माण गरिएको छ। लाउञ्ज रेष्टुरेण्टमा हप्ताको तीन दिन ‘सोलो आर्टिष्ट’को सांगीतिक प्रस्तुती रहने जनाइएको छ।

कोरोना अघि नै निर्माण शुरु गरिएको होटल तथा लाउञ्ज तोकिएको समयभन्दा करीव दुई वर्षपछि सञ्चालनमा आएको हो। ‘कोरोनाका कारण निर्माण समय दुई वर्ष लम्बिनुका साथै लगानीसमेत बृद्धि भयो,’निर्देशक पौडेलले भने। उनका अनुसार १० करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर शुरु गरिएको होटल तथा लाउञ्ज सञ्चालनमा आईपुग्दा लगानी बढेर १२ करोड पुगेको छ।

प्रकाशित: २५ मंसिर २०७९ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App