१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

खोटाङ क्यान अध्यक्षमा बिमला

नवनिर्वाचित क्यान पदाधिकारीसहित व्यवसायी र अतिथि। तस्बिर: महेश्वर चामलिङ राई/नागरिक

खोटाङका कम्प्युटर व्यवसायीहरूको छाता संगठन ‘कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) खोटाङ जिल्ला शाखामा नयाँ नेतृत्व आएको छ। क्यानको खोटाङ शाखाले भर्खरै दिक्तेलमा वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको हो।

सोमबार सम्पन्न साधारणसभा तथा अधिवेशनले विमला राईको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो। सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा कुमार बजिमय, सचिव खिलाप्रसाद आचार्य, सहसचिव प्रेमकुमार अधिकारी, कोषाध्यक्ष राजु भट्टराई छानिएका छन्। त्यसैगरी कार्यसमिति सदस्यमा अजय बस्नेत र विनोद बस्नेत चयन भएको अधिवेशन निर्वाचन मण्डलले जनाएको छ।

निर्वाचन मण्डल संयोजक अधिवक्ता ओमप्रकाश घिमिरेका अनुसार नवनिर्वाचित पदाधिकारीलाई सोमबार साँझै शपथ ग्रहण गराइएको छ। खोटाङ उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित अधिवेशन तथा साधारणसमा क्यानका निर्वतमान अध्यक्ष मनोजकुमार बजिमयको अध्यक्षतामा भएको थियो।

दिक्तेल रूपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेको अधिवेशनमा जिल्लाभर छरिएर रहेका कम्प्युटर व्यवसायीहरूको सहभागिता थियो। त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी १ दिक्तेलका वडाध्यक्ष नवराज राई, खोटाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतले अधिवेशन सफलताको कामना गरेका थिए।

नयाँ नेतृत्वले पनि पेशागत हक अधिकारको पैरवी गर्नुका साथै सहज सेवा प्रदान र व्यावसायिक उन्नतिका कार्यक्रमहरू नयाँ ढंगले गर्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष राईले जनाएकी छिन्।  

प्रकाशित: २२ मंसिर २०७९ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App