coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मंसिर चौथो साता ‘पर्वतीय महोत्सव’

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक । तस्बिरः नागरिक

पोखरामा मंसिरको साता अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय दिवस (डिसेम्बर ११) को अवसर पारेर यहि मंसिर २४ र २५ गते पोखरामा सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव आयोजना गरिएको हो। नेपाल पर्वतारोहण संघको आयोजनामा हुने महोत्सवको तयारी थालिएको आयोजकले जनाएको छ।

महोत्सव पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोत लगायतको संरक्षणमा केन्द्रीत हुने आयोजकले बताएको छ। त्यस्तै, महोत्सवमा पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए। उनका अनुसार महोत्सवमा ‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्य’को सम्बन्धमा बृहद छलफल हुनेछ। छलफलमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थिति रहने संयोजक पाण्डेले बताए। ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास लिएका छौ,ं’ उनले भने।

महोत्सवको अवसरमा हिमाली क्षेत्रका परिकारहरुका खानाका स्टलहरु राखिनेछन्। त्यस्तै, पर्वतीय क्षेत्रमा हुने खेल पनि खेलाईने संयोजक पाण्डेले जानकारी दिए। महोत्सवमा धनुषवाण (आर्चरी), छेलो (ठेलो)लगायतका खेल हुने उनले बताए। महोत्सवमा साइक्लिङ, सडक दौड, चलचित्र प्रर्दशनी पनि हुने उनले बताए।

महोत्सवको अवसरमा सगरमाथा आधारशिविर व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम हुने उनले बताए। यो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्य रहने संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरले जानकारी दिए। त्यस्तै, पोखराको पर्यटनलाई चलायमान गराउने विषयमा पनि बहस हुने उनले बताए।

पोखरा अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालयकी प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले महोत्सवले आम सर्वसाधारणमा पर्वतारोहण पर्यटन सम्बन्धी जनचेतना जगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

निःशुल्क प्रवेश गर्न पाइने  

महोत्सव मूल आयोजक समिति सदस्य तथा पोखरा पर्यटक परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सव पोखराको गहना भएको बताए। उनका अनुसार महोत्सवले पोखरामा पर्यटकको संख्या बढाउन मद्दत पुग्नेछ। संघका गण्डकी च्याप्टर प्रमुख शेषकान्त शर्मा र संघका सल्लाहकार गणेश गुरुङले महोत्सवले नेपालका पर्वतीय क्षेत्रको विकास तथा यसको प्रवद्र्धनमा सघाउने बताए। अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा यस वर्ष ‘वुमन मुभ माउन्टेन’ राखिएको छ। दिवसले पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ।

प्रकाशित: १५ मंसिर २०७९ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App