२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छः पवन गोल्यान

बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसाबले आएको बताएका हुन्।

उनले  मौद्रिक नीतिको समिक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे। उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए।  

अध्यक्ष गोल्यानले राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको बताए। उनले मौद्रिक नीतिको समिक्षाबाट बैंकहरुको अभिभावक राष्ट्र बैंक भएपनि बैंकहरुलाई सौतेनी व्यवहार जस्तो गरेको आरोप लगाए। अध्यक्ष गोल्यानले बैंकको निक्षेपको ब्याजदर घट्नुको भने विकल्प नभएको बताए। उनले छिमेकी देश भारतमा निक्षेपको ब्याजदर ६ प्रतिशत रहेको तर नेपालमा भने १२ प्रतिशत ब्याजदर हुनु उचित नभएको बताए। उनले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पु¥याउँदासमेत निक्षेप बढ्न नसकेको बताए। उनले पौषसम्ममा ३ प्रतिशतसम्म ब्याजदर कम हुनुपर्ने बताए। अध्यक्ष गोल्यानले बैंकिङ प्रणालीमा चरम तरलता अभाव रहेको बताए। उनले बैंकहरुको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको बताए। उनले पौष महिनामा बैंकको पैसा रिफाइनान्समार्फत ७० अर्ब रुपैयाँ बाहिर जान्छ त्यसपछि अझ बढी तरलताको समस्या बढ्ने देखिएको बताए। उनले निजी क्षेत्रले बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर गाली गरेर मात्रै समस्याको समाधान नहुने बताए।  उनले ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र निजी क्षेत्र मिल्न आवश्यक रहेको बताए।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समिक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेकाले बैंकहरु धरासायी हुने बताए। उनले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न माग गरे।उनले सबै क्षेत्र बच्नसक्ने गरी मौद्रिक नीतिको समिक्षा हुनुपर्नेमा त्यस्तो नभएको बताए।

प्रकाशित: १४ मंसिर २०७९ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App