१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

कुलमान घिसिङले गरे विभिन्न जिल्लाको विद्युत संरचनाको स्थलगत निरीक्षण

नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले विभिन्न विद्युत संरचनाको स्थलगत निरीक्षण गरेका छन्। महानिर्देशक घिसिङले पर्सादेखि सर्लाहीसम्मका चार जिल्लाको विभिन्न संरचनाको आइतबार स्थलगत निरीक्षण गर्दै विभिन्न निर्देशनहरु दिएका हुन्।  

महानिर्देशक घिसिङले पर्साको पोखरिया, बाराको हरनहिया, रौतहटको सरुअठा तथा सर्लाहीको सलेमपुरमा सब स्टेशनहरुको निरीक्षण गर्दै सुधार गर्नुपर्ने आवश्यक पुर्वाधारहरुको बारेमा जानकारी लिएका छन्।  

यसै गरी महानिर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणका वितरण कार्यालयहरु वीरगंज, कलैया, सिम्रौनगढ, मौलापुर तथा गौरको स्थलगत निरीक्षण गर्दै सर्वसाधारण सेवाग्राहीलाई छिटो, छरितो तथा सरल किसिमसे बिना ढिलासुस्ती सेवा प्रवाह गर्न र सर्वसाधारणको गुनासाहरुको सम्बोधन गर्न निर्देशन दिएका छन्। यसै गरी महानिर्देशक घिसिङले रौतहटकै हर्षाहा तथा चन्द्रनिगाहपुर सब स्टेशनको पनि निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका छन्।

पर्सादेखि सर्लाहीसम्म अझै पनि विद्युत चुहावट उच्च रहेकोले चुहावट नियन्त्रण गर्न सम्बन्धित फाँटका कर्मचारीहरुले अझ मिहिनेत गर्नुपर्नेमा पनि महानिर्देशक घिसिङले जोड दिएका छन्।  

हुलाकी सडक निर्माणका साथै विस्तारको काम भइरहेको सन्दर्भमा हुलाकी सडकसँग सम्बन्धित विद्युतीय संरचनाको अवस्थाको बारेमा पनि महानिर्देशक घिसिङले चासोका साथ हेरेका छन्। निकट भविष्यमा नै सडक फेरि विस्तार भएमा विद्युतीय संरचनामा कुनै क्षति पुग्न नहुने गरी संरचनाको निर्माण हुनुपर्ने कुरामा महानिर्देशक घिसिङले जोड दिएका छन्।  

महानिर्देशक घिसिङ पहिलोचोटि विभिन्न जिल्लाका विद्युतीय संरचनाको एक साथ निरीक्षण गरेपछि कर्मचारीहरुमा उत्साह जागेको छ भने विद्युत उपभोक्तामा विद्युत आपूर्ति तथा सेवामा सुधार हुने आशा पलाएको छ।  

प्रकाशित: ११ मंसिर २०७९ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App