१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिड टाउन रिसोर्टबीच सम्झौता

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्ट बीच व्यावसायिक समझदारीसम्बन्धी सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार बैंकका विशेषाधिकार कार्ड होल्डरले चितवन मिडटाउन रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।

बैंकले विभिन्न बचतकर्ता, शेयरधनी लगायत अन्य सरोकारवालालाई विभिन्न मापदण्डको आधारमा विशेषधिकार कार्ड उपलब्ध गराएको जनाएको छ। सम्झौताबाट बैंक तथा होटल दुवै पक्षको व्यावसायिक विकास एवम् विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ११ मंसिर २०७९ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App