३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

आइएमई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ। समग्र रेमिटेन्स कम्पनीहरू मध्येबाट आइएमई सबैभन्दा बढी कर लिने कम्पनी भएको हो। आन्तरिक राजस्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका छन्।

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। आइएमईलाई विदेशी मुद्रा बैंकिङ सञ्जाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ। यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ। पछिल्लो समय कम्पनी आइपीओमा जाने तयारी गरिरहेको जनाएको छ।  

प्रकाशित: ९ मंसिर २०७९ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App