सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा थप १ हजार ४० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य लिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मङ्गलवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै नवीकरणीय ऊर्जाको विस्तारलाई तीव्रता दिने घोषणा गरेका हुन्।
थपिने बिजुलीमध्ये ६ सय ७० मेगावाट निर्माणाधीन जलविद्युत् आयोजनाहरूबाट र ३ सय ७० मेगावाट सौर्य ऊर्जाबाट उत्पादन गरिने बजेटमा उल्लेख छ।
यो वृद्धिसँगै मुलुकको कुल विद्युत् जडित क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुग्ने अर्थमन्त्री वाग्लेले जानकारी दिए।
प्रकाशित: १५ जेष्ठ २०८३ १७:२२ शुक्रबार

