९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

दुई झापालीलाई युएईबाट उद्धार

झापाली समाज युएईले दुई झापाली युवालाई नेपाल फर्कन सहयोग गरेको छ । सुरुङ्गा र गौरादह नपा बालुबथानका दुई झापालीलाई युएईमा समस्या भएपछि झापाली समाज युएईले आर्थिक सहयोग गरेको हो ।

गत सेप्टेम्बर ४ मा अबुधाबीको रुइसस्थित कम्पनीको दुई तल्ले बङ्कर बेडबाट खसेर कुम नचल्ने अवस्थामा पुगेका श्रेष्ठ थरका नेपाली श्रमिकलाई नेपाल फर्कनका लागि आवश्यक सबै सहजीकरण समाजले गरेको हो । घाइते श्रमिक २०२५ अक्टोबर २३ (बिहीबार) नेपाल फर्किएका छन्।

उनीलाई अबुधाबीमै प्रत्यक्ष भेटेर झापाली समाज यूएई अबुधाबी क्षेत्रका अध्यक्ष सुर्य बहादुर खवासले केही खाद्यान्न हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल, उपाध्यक्ष हेमराज शिवाकोटी, आजीवन सदस्य भविस्वर नेपाल र मनिराज गुरुङले संयुक्त रूपमा आर्थिक सहयोग प्रदान गरेका थिए ।

काठमाडौंबाट झापासम्मको बाटोखर्चको लागि झापाली समाज यूएईका अध्यक्ष लोकेस कोइरालाले नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको समाजले जनाएको छ।

झापाली समाज यूएई परिवारले घाइते श्रमिकको शीघ्र लाभको कामना गर्दै सहयोगी सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

यसैगरी झापाली समाज युएईको अबुधाबी क्षेत्रले गौरादहका बास्कोट थरका एक जना भिजिट भिसा पीडितलाई हवाई टिकट सहयोग गरेको छ ।

भिजिट भिसामा युएई पुगी अलपत्र पर्नेहरुलाई युएईको नेपाली समुदायका कुनै समाजले आधिकारिक सहयोग बिरलै गर्ने गर्छन् । आकर्षक रोजगारी पाउने आशामा भिजिट भिसामा युएई पुगेका सबैले रोजगारी पाउन सक्दैनन् ।  

कसरी फसे

झापा बालुबथानका बास्कोटा भाइ केही महिना अगाडि युएई आएका रहेछन् । दुबईको सेक्युरिटीमा काम त गरेछन् तर न त भिसा लगाउछ न त तलब दिन्छ । त्यो काम छाडेर अलएन पुगेछ्न । त्यहा पनि काम नपाएपछि भिजिट भिसा अवधि सकिनु २ दिन अगाडि नेपाली दूतावासलाई सम्पर्क गरेछन् । दूतावासले पनि भिजिट भिसामा आएर अलपत्र पर्नेहरुलाई सल्लाह दिनबाहेक केही सहयोग गर्ने गरेको हाम्रो जानकारीमा छैन । झापाको पीडित भएको नाताले दूतावासले झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेललाई भेट्नु भनी मोबाइल नम्बर उपलब्ध गराएपछि निज बास्कोटा झापाली समाज युएईको सम्पर्कमा आएका थिए ।  

समाजले आन्तरिक रूपमा चन्दा संकलन गरेर निजलाई सकुशल नेपाल फिर्ता गर्न सहयोग गरेको छ । यो अभियानमा झापाली समाज युएईका अध्यक्ष लोकेस कोइराला, अबुधाबी अध्यक्ष सुर्यबहादुर खवास र एक अज्ञात सहयोगी, आजीवन सदस्य मीना कोइराला र जगत लुइँटेल, सिन्धुलीका सबिन सुन्दास, बिबिटी रेस्टुरेन्टका बिष्णु लामिछाने, चितवनकी राधिका कडल र अलि नामका एक पाकिस्तानी सहयोगीले आर्थिक सहयोग गरेका थिए ।

सबै मनकारी सहयोगीलाई झापाली समाज युएईले आभार व्यक्त गरेको छ ।

प्रकाशित: ६ कार्तिक २०८२ १६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App