१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनए रुसको अध्यक्षमा सीताराम कट्टेल निर्वाचित

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन्।  

मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उनी निर्वाचित भएका हुन्। खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेलले प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को गएका थिए।  

विद्यार्थीकालमा उनले नेपाली विद्यार्थी सङ्घको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) भए भने निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) थिए।  

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र डा. प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन भएका छन्। यस्तै, युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह-कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित भएका छन्।  

महिला संयोजकमा हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित भएका छन्। यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा. मनामूर्ति भुर्तेल निर्वाचित भएको जनाइएको छ।

प्रकाशित: १३ श्रावण २०८२ १८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App