प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपालीलाई त्यहीबाट भोट हाल्ने व्यवस्था मिलाउने बताएकी छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसी नेतृत्वको टोलीलाई भेट्दै कार्कीले नेपालीको मताधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएकी थिइन ।
प्रधानमन्त्रीलाई भेटेपछि संघले जारी गरेको विज्ञप्तिमा संघले नेपालीको मताधिकार सुनिश्चित गर्न गरेको आग्रहलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्रीले विदेशबाटै मतदानमा सहभागी गराउने व्यवस्था मिलाउने बताएको उल्लेख गरिएको छ ।
एनआरएनए नेतृत्वसँगको भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि विदेशमा रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेकी थिइन ।
पुनर्निर्माण गर्न नेपाली र गैरआवासीय नेपालीसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने प्रधानमन्त्रीले बताएको केसीले जानकारी दिए ।
प्रकाशित: ५ आश्विन २०८२ १७:०९ आइतबार





