२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
प्रवास

जेन-जी आन्दोलनपछिको पुनर्निर्माणमा गैरआवासीय नेपाली सक्रिय हुने

जेनजी आन्दोलनका क्रममा भएको आगजनीपश्चातको पुनर्निर्माणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय हुने भएको छ। 

संघका अध्यक्ष डा.बद्री केसीका अनुसार प्रारम्भिक चरणमा स्थलगत अवलोकन गरिने र त्यसपछि सरकारको निर्देशनअनुसार पुनर्निर्माणमा सहयोग गर्ने तयारी भइरहेको छ। 

यसैबीच, संघकी अध्यक्ष रोजीना प्रधान राई र प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको नेतृत्वमा पुगेको टोलीले संसद भवनमा पुगेको क्षति अवलोकन गरेको छ। संसद भवनको सरसफाईका लागि स्वयंसेवकसहित पुगेको टोलीलाई त्यहाँका कर्मचारीहरूले सम्पूर्ण भवन भत्काएर पुनर्निर्माण गर्नुपर्ने अवस्थाबारे जानकारी दिएका थिए। 

सो टोलीमा संघका सचिव स्वतन्त्र प्रताप शाहसहित केन्द्रीय कार्यालयका अन्य कर्मचारीहरूको समेत उपस्थिति थियो। 

महाभूकम्प, कोरोना महामारी र विभिन्न प्राकृतिक विपत्तिका बेला सक्रियरूपमा सहयोग गर्दै आएका गैरआवासीय नेपालीहरूले यसपटक पनि देशको पुनर्निर्माणमा योगदान गर्ने तयारी गरेको संघले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०८२ १८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App