२२ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

एनआरएन क्यानडा अध्यक्षमा किरोजको उम्मेदवारी

गैर–आवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष उम्मेदवार किरोज श्रेष्ठले आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।

‘गैर–राजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा गरिएका महत्त्वपूर्ण कार्यहरूको सूची सार्वजनिक गरेका छन् ।

२०२३–२५ कार्यकालमा उपाध्यक्षको रूपमा रहेका उनले एनआरएन क्यानडाको इतिहासमा पहिलो पटक संघीय सरकारबाट कार्यक्रमहरूका लागि अनुदान भित्राउन सफल भएका थिए ।

त्यस्तै दुई वर्षको अवधिमा एनआरएन क्यानडाका विभिन्न कार्यक्रमका लागि करिब ७५ हजार डलर अनुदान ल्याएका थिए ।  किरोज कै पालामा दर्जनौँ स्थानीय नेपाली संघ–संस्थाहरू जस्तै नेपाली महिला चौतारी, लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लब, वुमन एजुकेशन एण्ड स्किल डेभलपमेन्ट, ब्रदरहुड नेपाली स्पोट्र्स क्लब, ब्रामसागा युनाइटेड लगायतका संस्थाहरूले पनि करिब ७५ हजार डलर सरकारी अनुदान प्राप्त गरेका थिए ।

त्यस्तै श्रेष्ठ सेन्ट्रल रिजनल कमिटीको संयोजकको रूपमा हुँदा सडबरी र ब्यारी लगायतका सहरहरूमा विभिन्न नेपाली राष्ट्रिय दिवसको अवसरमा स्थानीय सिटि भवनमा नेपाली झन्डा फहराउने कार्यक्रम आयोजना गर्नुका साथै सार्निया, कोर्नवाल, विन्डसर, नाएग्रा लगायत दर्जनौँ शहरहरूमा निःशुल्क ट्याक्स क्लिनिक सञ्चालन गरेका थिए । लन्डन शहरमा पहिलो पटक नेपाली राजदूतावासको घुम्ती कन्सुलर सेवा पु¥याउनले काम पनि उनकै पालामा भएको थियो।

श्रेष्ठले नेपाली क्रिकेटका लागि पनि आफ्नो कार्यकालमा निकै महत्त्वपूर्ण योगदान गरेका थिए । क्यानडा भ्रमणमा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई फुड बैंक क्यानडामा फुड डोनेट गर्न समन्वय गरेका थिए । 

प्रकाशित: २५ असार २०८२ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App