संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।
नेपाली राजदूतावास अबुधाबीका अनुसार ती नेपालीलाई युएई सरकारले बाँकी कैद सजाय माफ गरिदिएको छ ।
दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।
प्रकाशित: १ भाद्र २०८२ १९:१६ आइतबार





