होर्मुज क्षेत्रमा काम गर्ने एक नेपाली इरानको कब्जामा परेका छन् । पानी जहाजमा काम गर्ने अमृत झालाई कब्जामा परेका हुन् । उनको नेपालको पूरा ठेगाना खुलेको छैन ।
परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट नियन्त्रणमा लिएका पानी जहाजका चालक दलका सदस्य भित्र ती नेपाली रहेको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताए ।
प्रकाशित: ६ चैत्र २०८२ १५:३८ शुक्रबार





