४ पुस २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएनए अध्यक्षमा केसी र थापाबीच अन्तिम प्रतिस्पर्धा हुने, को-को भए निर्विरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। संघको निर्वाचन समितिले तोकेको समयसीमाभित्र दुई जनाको मात्र उम्मेदवारी कायम रहेपछि उनीहरुबीच निर्वाचन हुने भएको हो।

उम्मेदवारी दर्ताका लागि दिइएको समय ७ मार्चदेखि ११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जनाभन्दा बढीले उम्मेदवारी दर्ता गराएकोमा अधिकांश पदमा निर्विरोध भएको छ। ६ उपाध्यक्ष पदको लागि ८ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षहरुमा महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम र युवा उपाध्यक्षमा रोशन थापा निर्विरोध भएका छन्।

खुल्ला ४ जनामा ६ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा ओमानबाट डम्बरबहादुर (डिबी) क्षेत्री, युवा अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा. हेमराज शर्मा, कतारबाट राजेन्द्रकुमार शर्मा, जापानबाट टंकप्रसाद गैरे र बेलायतबाट जयप्रकाश गुरुङ छन्। एक महासचिव पदको लागि अमेरिकाबाट गौरीराज जोशी र युकेबाट विनय अधिकारीबीच निर्वाचन हुने भएको छ।

त्यसैगरी ४ जना सचिवमा महिला सचिवमा हङकङबाट राधिका गुरुङ निर्विरोध भएकी छन्। खुल्ला ३ जना सचिवको लागि युकेबाट रामशरण सिम्खडा, जापानबाट अजिव (ओम) गुरुङ, क्यानडाबाट चिरञ्जीवी घिमिरे, अमेरिकाबाट शंकर खड्का, अष्ट्रेलियाबाट अभिमानसिंह बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच निर्वाचन हुँदैछ। सहकोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई तथा दक्षिण कोरियाबाट यज्ञराज सुवेदी निर्विरोध भएका छन्।

त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा, युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध भए । यस्तै क्षेत्रीय संयोजकमा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासेफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोषकुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

ओसेनिया क्षेत्रीय संयोजक एक पदको लागि लालबहादुर केसी, दिपक शर्मा, दिनेशराज जोशीबीच निर्वाचन हुने भएको छ। युरोप उपसंयोजक तीन पदको लागि ४ जनाको उम्मेदवारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा. नवराज रोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित भए।

यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ। दधीवल खड्का, नवीन विक, हरिप्रसाद भट्टराईबीच निर्वाचन हुने भएको छ। यस्तै अमेरिकामा अभिमन्यु बस्नेत, पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित भएका छन्। मध्यपूर्वको दुई उपसंयोजक पदमा तीन जनाबीच निर्वाचन हुने भएको छ। लालप्रसाद पुन, अमित राई, कृष्णबहादुर हमालबीच भिडन्त हुने भएको छ।

अफ्रिका उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा लागि अशोक केसी र रामराज ओली निर्विरोध भएका छन्। सबै महिला संयोजक निर्विरोध क्षेत्रीय महिला संयोजकमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासेफिक, उषाकिरण बरियाले ओसेनिया संयोजकमा उम्मेदवारी दिएका छन्।  

उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज, डा. इन्दिरा तिवारी एसिया प्यासेफिक उपसंयोजकमा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ–युरोप, स्वराज खाती–क्षेत्रीय युवा संयोजक, दिपकप्रसाद कंडेल एसिया प्यासेफिक, रोजनराज घिमिरे–अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए। संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन्।

प्रकाशित: १ चैत्र २०७८ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App