१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनए निर्वाचनमा आज उम्मेदवारी दिने अन्तिम दिन: डा. केसी र थापाले दिए उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन भएको निर्वाचन समितिले जनाएको छ।

यही मार्च २४ र २५ तारिख हुने निर्वाचनको लागि ४० जनाभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार बिहीबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी (रुस) र रविना थापा (थापा) ले उम्मेदवारी दर्ता गरेका छन्।

मनोनयन दर्ता  आज शुक्रबार ५ बजेसम्म जारी रहने छ। अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने चुनावी रेसबाट बाहिर जाने संकेत गरेका छन्।उनले संघको दशौं महाधिवेशनमा छानिएका करीब ५ सयभन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन्। संघको संस्थापन पक्षले सबैलाई समेटेर लैजान औपचारिक तथा अनौपचारिक वार्तालाई तीव्र पारेको छ।

बिहीबार अबेरसम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायतको  छन्।

महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन्। सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ र क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन्।

यसैगरी महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्। यस्तै महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्।

यसैगरी युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन्। महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन्। युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन्।

मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ। यस्तै एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन्। यस्तै युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्।

यता एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन्। संघको नयां नेतृत्वको लागि अनलाइनमार्फत निर्वाचन गराउने जिम्मा अस्ट्रेलिय कम्पनीले जिम्मा लिएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App