१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
प्रवास

साउदी जेलमा रहेका ६२ जना नेपाली रिहा

साउदी अरेबियाले विभिन्न मुद्दामा थुनामा रहेका ६२ जना नेपालीलाई रिहा गरेको छ ।

ईद र इस्लामिक वर्ष १४४६ हिजरीको अवसर पारेर साउदी सरकारले उनीहरुलाई रिहा गरेको हो । उनीहरु आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्कने छन् ।

उनीहरुको रिहापछि मंगलबार परराष्ट्र मन्त्रालयले साउदी सरकारको प्रशंसा गर्दै नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण व्यवहारका लागि धन्यवाद दिएको छ । यसले दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास मन्त्रालयको छ ।

प्रकाशित: २० श्रावण २०८२ १८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App