१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनए अफ्रिकाद्वारा नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको नेपालमा अक्सिजन नपाएर बिरामीहरुको मृत्यु भइरहेको बेला सहयोग पुर्‍याउन अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितीहरुले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्थासंग समन्वय गरि १२ लाख सहयोग पठाउने निर्णय गरेका छन्।

अफ्रिकामा रहेका नेपालीहरुको बैठकले डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कङ्गो, घाना, मोजाम्बिके एनसीसीहरु र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र स्याङ्जामा ३ लाख ५० हजार बराबरको ५ सय ५० सिलिन्डर रिफिल गरि बुटवलबाट पठाउने निर्णय भएको छ।  

त्यस्तै सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्ने , युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा पर्सा लगाएत दुई नम्बर प्रदेशमा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा तीन लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्‍याउने भएको छ।  

अन्तर्राष्ट्रिय समितीकि महिला उप संयोजक मन थापाको संयोजकत्वमा सुदुर पश्चिम प्रदेशमा तिनलाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्‍याउन नाइजेरिया , जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ।  

थोरै संख्यामा अफ्रिकामा रहेका नेपालीहरुले आफ्नो मूलुक अप्ठ्यारोमा पर्दा सहयोग गर्दै आइरहेको छन् सोही अनुरुप त्यहाँ रहेका नेपालीहरुले यो माहामारीमा पनि साथ दिन लागेको बताएका छन्। 

प्रकाशित: २८ वैशाख २०७८ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App