२३ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

अमेरिकामा रहेका नेपाली मुलका डाक्टरको आग्रह : डा. केसीको माग पुरा गर

नेपाल अमेरिका मेडिकल फाउन्डेसनले २५ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन्। अमेरिकामा कार्यरत नेपाली डाक्टरहरुको संस्था मेडिकल फाउन्डेसनले तत्काल डाक्टर केसीको माग पुरा गर्न र उनको जीवन रक्षाका लागि पहल गर्न नेपाल सरकारसँग आग्रह गरेको अध्यक्ष भुपेश खड्काद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

डा केसीद्धारा मेडिकल शिक्षा लगायतका विषयमा गरिएको आन्दोलनमा मेडिकल फाउन्डेसनले ऐक्यवद्धता जनाउँदै सो मागहरु अक्षरस कार्यन्वयन गर्न नेपाल सरकारसँग माग गर्दै डा केसीको जीवन रक्षा पहिलो सर्त रहेको जानाएको छ। अमेरिकामा कार्यरत डा दामोदर पौडेल (केसीको विद्यार्थी) ले डा केसीले प्रस्तुत गरेको सबै मागहरुले नेपाली जनताको पक्षमा रहेको बताउँदै नेपाल सरकारले कुनै पनि सर्त विना डा केसीको माग अक्षरस पालना गर्न माग गरे। नागरिक न्यूजसंगको कुराकानीमा डा पौडेलले भने ‘आफुले शिक्षा लिएको र लामो समयसंगै डा केसीसंग काम गरेको बताउँदै डा केसीसँग मेडिकल शिक्षाका विषयमा रहेको दुरगामी सोचहरुलाई कार्यान्वयन गरेको खण्डमा नेपालमा मेडिकल शिक्षाको क्षेत्रमा आमुल परिवर्तन आउने छ।‘

अमेरिकामा नेपाली डाक्टरहरु एक हजारको हाराहारीमा रहेको अपुष्ट तथ्यांक भए पनि मेडिकल फाउण्डेसनमा साढे तीन सय डाक्टरहरु संलग्न रहेका छन्।  

 

प्रकाशित: २२ आश्विन २०७७ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App