राजदुत लामाबाट टीका ग्रहण गर्दै एनआरएनका महासचिव तेन्जी शेर्पाले दक्षिण कोरियामै रहेर पनि टिका लगाउन पाउँदा खुसी लागेको बताए। यसैगरी एनआरएनका अध्यक्ष केपी सिटौला, पूर्व अध्यक्ष विनोद कुवर, पूर्व आईसिसि सदस्य गंगा राई, नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी लगायत नेपाली समुदायले टीका लगाएका थिए।
यसैगरी एनआरएन कोरियाले नेपाल हाउसमा एक कार्यक्रम गरी दशैं मनाएको छ। सो कार्यक्रममा दक्षिण कोरियाका विभिन्न संघ संस्थाका पदाधिकारी तथा नेपाली जम्मा भएका थिए।
यस्तै योंग स्टार र फेन्तेक माइग्रेन्ट सेन्टर (नेपाली समिति)ले विदाको दिन पारी आगामी आइतबार फेन्तेक शहरको फेन्तेक माइग्रेन्ट सेन्टर हलमा दशैं कार्यक्रम गरी मनाउन लागेको छ ।
यसैगरी दक्षिण कोरियाको किम्हेमा आउने आइतबार दृष्टिविहिन गायक प्रकास तिमिल्सिनाको समेत उपस्थितिमा अन्य स्थानीय कलाकारहरुको सहभागितामा एक सांस्कृतिक कार्यक्रम गरी दशैं कार्यक्रम मनाउने तयारी रहेको छ।
प्रकाशित: ८ कार्तिक २०६९ २१:२७ बुधबार





