८ आश्विन २०८३ बिहीबार
image/svg+xml
प्रवास

३९ किलोमिटरमाथिबाट झरे फिलिक्स (भिडियोसहित)

न्यु म्याक्सिको, असोज २९ (एजेन्सी) - अस्ट्रियाका फिलिक्स वमगार्टनरले ३९ किलोमिटर माथि आकाशबाट हाम फालेका छन्। ध्वनिको भन्दा तिब्र गतिमा पृथ्वीमा हाम फालेका उनी प्रति घन्टा १ हजार १ सय ३७ किलोमिटर रफ्तारमा धर्तीतिर झरेका थिए। उनी ९ मिनेट ३ सेकेन्डमा धर्तीमा झरेका थिए। धर्तीमा झर्नुभन्दा केही समयअघिमात्रै उनले प्यारासुट खोलेका थिए।
उनको यो हामफालाईले खुला रुपमा झर्ने (फ्रि फल) को गतिमा रेकर्ड भने तोड्न सकेन। तर लामो फ्रि फल यो सबैभन्दा ठूलो हो।

१ लाख २८ हजार ९७ फुटबाट झरेका उनले १९ सेकेन्डमा १ हजार १ सय ३७ किलोमिटरको दरले तलतिर झर्न सके।


भिडियो हेर्नुस्
-

प्रकाशित: २८ आश्विन २०६९ २२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App