८ आश्विन २०८३ बिहीबार
image/svg+xml
प्रवास

कम्बोडिया पूर्व राजा सिंहानुकको मृत्यु

नोमपेन्ह, असोज २९ (रोयटर्स)- कम्बोडियाका पूर्व राजा नरोद्दम सिंहानुकको सोमबार बेइजिङस्थित अस्पतालमा मृत्यु भएको छ। उनी ८९ वर्षका थिए।  
कम्बोडियालाई उपनिवेशबाट मुक्त गराएपछि उनी देशका सक्रिय राजा बनेका थिए। तर पछि उनलाई खमेर रुज शासनले कठपुतलीका रुपमा राखेका थिए। लाखौँ मर्ने गरी पोल पोटले शासन चलाउँदा उनलाई दरबारभित्रै बन्दी बनाएर शक्तिहीन अवस्थामा राखिएको थियो।

उनको शवलाई कम्बोडिया फर्काइँदैछ। उनी केही वर्षदेखि चीनमा स्वनिर्वासनमा थिए।

प्रकाशित: २८ आश्विन २०६९ २२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App