७ वैशाख २०८१ शुक्रबार
प्रवास

बेलायतबाट ३ सय १६ जना नेपालीको उद्धार अर्को साता

बेलायतस्थित नेपाली दूतावाश

कोभिड १९ का कारण लामो समयदेखि बेलायतमा अलपत्र परेका नेपालीहरुको लागि स्वदेश फर्किनेबाटो खुलेको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार आगामी जुन २४ र २६ तारिख बेलायतमा रहेका ३ सय १६ जना नेपालीको उद्धार हुन लागेको हो।

जजिरा एअरलाइन्सका दुई वटा चार्टर विमान मार्फत यहाँ अलपत्र परेका नेपालीहरुलाई लिएर नेपाल उड्ने निश्चित भएका नेपाली दूतावासले जनाएको हो। आरणले जजिरा एअरलाइन्सको विमानको सिट क्षमता   १ सय ५८ यात्रु  बोक्न सक्ने भएकाले दुईवाट विमान मार्फत नेपाल फर्काउने तयारी दूतावासले गरेको छ।  

निकै अप्ठ्यारोमा परेका १ सय ५७ जनाको नाम तयारी गरेर सम्वन्धी व्यक्ति तथा ट्राभल्स एजेन्सीलाई नाम पठाई सकेका छौं आजबाट दोस्रो नामावली तयारी गर्दछौं आरणले नागरिकसँग भने । यसै बीच नेपाली दूतावास लण्डनले विहीवार एक सार्वजनिक सूचना जारी गर्दै तत्काल नेपाल जानु पर्ने अवस्थामा रहेका नेपालीहरुलाई आवश्यक व्यवस्था गर्न आग्रह गरेको थियो।   जजिरा एअरलाइन्सलले लण्डनस्थित ग्याटवीक विमानस्थलबाट नेपालीहरुलाई लिएर सिधैं कुवेत पुगेर नेपालीहरुको उद्धार गर्ने छ।  कुवेतमा साढे २ घण्टाको ट्रान्जिट रहने बताएको छ।  

यसअघि गैरआवासीय नेपाली संघ युके र लण्डन दूतावासको संयुक्त पहलमा  संकलित ४ सय २० जना नेपालीहरुको सूचीमा नेपाल सरकार समक्ष पठाइएको थियो । सरकारले वेलायतमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न लागेकोप्रति गैरआवासीय नेपाली संघ युकेले स्वागत योग्य कदम भनेको छ।  

संघकी अध्यक्ष पुनम गुरुङ्गले लामो समयमा वेलायतमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार हुन लागेकोमा खुशी व्यक्त गरिन्। उनले नेपाल सरकारले दिएको सुविधालाई सदुपयोग गर्न यहाँ अप्ठ्यारोमा परेका नेपालीहरुलाई आग्रह गरेकी छन्।  बेलायतबाट नेपाल जाने यात्रुहरुले कोरोना नेगेटिभ रहेको पिसिआर रिपोर्ट अनिवार्यरुपमा बुझाउने पर्ने छ। नेपाल पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ।

दूतावासको सूचीमा प्राथमिकतामा परेर नेपाल जानेहरुले उडानको टिकट जजिरा एरअरलाइन्सको नेपाल एजेन्ट एबल नेपाल ट्राभल एण्ड टुर्स प्राइभेट लिमिटेडमार्फत टिकट बुकिङ्ग गर्न आग्रह गरेको छ। चार्टर उडानको एक तर्फी भाडा  ९ सय २० पाउन्ड तोकिएको छ।    

 

 

 

प्रकाशित: ५ असार २०७७ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App