२४ असार २०८१ सोमबार
image/svg+xml
प्रवास

एनआरएनए डेनमार्कको अध्यक्षमा खड्का

कोपनहेगन- एनआरएनए डेनमार्कको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्। विद्युतीय प्रणाली मार्फत भएको निर्वाचनमा खड्काले  ५२४  मत ल्याउँदै प्रतिद्वन्दी डोलराज पौडेललाई पराजित गरेका हुन्। संघको पाँचौ  अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि १ हजार ६४ मतदाता रहेको मा ९५४ मत खसेको थियो। 

आईसीसी सदस्यमा ७  मतको फरकमा रमेश काफ्लेले बिजय हात परेका थिए भने अर्का उमेद्वार दीपक सापकोटाको ४५२ मत आएको थियो।

७ वटा कम्प्युटर बाट एकै पटक सुरु भएको  मतदान प्रक्रिया डेनमार्कको अर्को सहर ओडेन्समापनि सोहि समयमा कम्प्युटर प्रणाली मार्फत सुरु गरिएको थियो।  निर्वाचन समितिका संयोजक त्रिलोचन सापकोटाका अनुसार कम्प्युटर प्रणाली मार्फत  दुवै सहरका मत एकै पटक जोडी निर्वाचन सम्पन्न भएको एकघन्टा भित्रै नतिजा सार्वजनिक भएको थियो।  

यस्तै संघको दुई  उपाध्यक्षमा दीपकराज रिजाल  र इन्द्र प्रसाद पनेरु   बिजयी बनेका छन् भने महासचिबमा शैलेन्द्र अधिकारी  ४१ मतको फरकमा राजमान तामाङ्गलाई पछि पार्दै   बिजयी बने।  संघको महिला उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, युवा प्रतिनिधि तथा महिला सदस्य क्रमश अन्जु पराजुली ,रबिन काजी श्रेष्ठ , महेश सिंह खत्री , शशि  श्रेष्ठ, तथा सकुन्तला सुनाम परियार, पुष्पा खड्का बुढाथोकी  निर्विरोध निर्बाचित भएका छन्। कार्यसमितिका सदस्यहरुमा प्रकाश श्रेष्ठ ६२६ मत दिप शर्मा ५८० मत लक्ष्मण कंडेल ४८६ , नारायण बस्याल ४८५ , सुनिल आचार्य ४२१ मत प्राप्त गरि बिजयी बने।

प्रकाशित: १७ भाद्र २०७६ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App