२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
प्रवास

नेपाल फेस्टिभलको तयारी पूरा

जापानको राजधानी टोक्योमा हुन लागेको १४ औँ नेपाल फेस्टिभल–२०२४ को तयारी अन्तिम चरणमा पुगेको छ। एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले फेस्टिभल तयारी अन्तिम चरणमा पुगेको बताए।

नेपाल फेस्टिभलका लागि जापानमा रहेका सबै नेपालीहरूबाट साथ सहयोग पाइरहेकोले तयारी तीव्र रुपमा अघि बढेको निउरेले जानकारी दिए।

फेस्टिभलमा स्टलहरूको बुकिङ, झाँकी तथा सांस्कृतिक प्रदर्शनीको तयारी भइरहेको छ। त्यसैगरी कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र उप(समितिहरू निर्माण गरी जिम्मेवारी दिइएको निउरेले बताए।

धार्मिक, संस्कृति र प्राकृतिक रूपले भरिपूर्ण नेपालमा पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ आगामी नोभेम्बर ३० तारिख शनिबार र डिसेम्बर १ तारिख आइतबार नेपाल फेस्टिभल हुँदै छ।

टोकियो स्थित नाकानो सिकिनोमोरी पार्कमा हुने फेस्टिभलमा विशेषगरी नेपालको धार्मिक तथा संस्कृति सम्पदाहरूको प्रदर्शनी गर्नुका साथै नेपाली उत्पादनको प्रवर्द्धन गर्ने एनआरएनए जापानका उपाध्यक्ष एवं झाँकी तथा संस्कृति विभागको संयोजक सिद्धार्थ श्रेष्ठले बताए।

फेस्टिभल गैर आवासीय नेपाली संघ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि  नेपाली राजदूतावास टोकियो, जापान र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा हुँदैछ।

के हो नेपाल हाउस ?

एनआरएनए जापानको वर्तमान कार्यसमितिको महत्त्वाकाङ्क्षी योजना हो नेपाल हाउसको निर्माण। जापानमा नेपालीको संख्या उल्लेख्य रुपमा बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा जापानमा नेपाल र नेपालीको पहिचान झल्कने 'नेपाल हाउस' नामक बहु-सांस्कृतिक केन्द्रको निर्माण  नै यस वर्षको नेपाल फेस्टिभलको मुख्य उद्देश्य रहेको छ।

हिन्दु तथा बौद्ध मन्दिरको स्थापना सहित विभिन्न धार्मिक एवम् सांस्कृतिक कार्यक्रम आयोजनाका गर्न सकिने जापानबासी नेपालीका साझा चौतारीको रूपमा नेपाल हाउस रहनेछ, निउरेले भने, 'यसले जापानमा नेपाली समुदायको बलियो उपस्थितिलाई त देखाउने नै छ,जापानमा नेपाल हाउस छ भनेर हामीले गर्व समेत गर्न सक्नेछौँ।'

प्रकाशित: ११ मंसिर २०८१ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App