२० आश्विन २०८१ आइतबार
image/svg+xml
प्रवास

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा संशोधित विधान अनुमोदन गर्दै जापानको चिवामा सम्पन्न भएको छ।

सोमवार सम्पन्न साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो।

साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथि को रुपमा रहेका एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि एनसीसी जापानलाई आग्रह गरेका थिए।

‘एनसीसीका विधानहरुले त्यस मुलुकमा बस्ने समग्र प्रवासी नेपालीहरुलाई समेट्न सक्ने गरि बनाइनु पर्छ,’ आइसीसी उपाध्यक्ष शेरचनले भने, ‘एनआरएनएलाई प्रवासी नेपालीको साझा संस्था बनाउन र एनआरएनएको अभियानलाई अझ सशक्त बनाउने गरि आफ्ना गतिविधि संचालन गर्न आग्रह गर्दछु।’

साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका युवा उपाध्यक्ष रोशन थापाले एनआरएनएको छविलाई उच्च राख्न एनआरएनए एनसीसीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुको हित र सुरक्षालाई मध्यनजर गरेर कार्य गरिनुपर्ने बताए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका सल्लाहकार तथा एनआरएनए जापानका संरक्षक ओम गुरुङले संस्थाको मर्म र उद्देश्यलाई आत्मसात गर्न सकियो भने मात्र हरेक संस्थाले राम्रो गति लिन सक्ने भएकोले एनआरएनए जापानमा आवद्ध हरेक सदस्यले एनआरएनएको मर्म र भावनालाई आत्मसात गर्दै विधान अनुरूप कार्य गर्न आग्रह गरे।

एनआरएनए जापानका प्रमुख संरक्षक शिवप्रसाद पौडेलले एनआरएनए जापानले जापानबासी नेपाली हितमा कार्य गरेकोमा खुशी व्यक्त गर्दै जापानमा रहेका हामी सबै नेपाली नेपाल राष्ट्रको अवैतानिक दूतको रुपमा कार्य गरिनु पर्ने बताए।

कार्यक्रम बोल्ने वक्ताहरुले एनआरएनए जापानले गरेका क्रियाकलपहरूले एनआरएनएको साख बढाउन सफल भएको एनआरएनए जापान जापानवासी नेपालीहरुको नजिक साथीको रुपमा रहेर कार्य गरिरहेको र आउने दिनहरुमा पनि जापानबासी नेपालीलाई केन्द्रमा राखेर क्रियाकलाप सञ्चालन गरिनु पर्ने सुझाव प्रदान गरेका थिए।

सुझाव प्रदान गर्नेहरुमा आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एसिया प्यासिफिक क्षेत्रीय समितिका उप संयोजक दिपक कार्की, महिला उप संयोजक अनिता गुरुङ, एनआरएनए जापानका संरक्षक देविलाल भण्डारी, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, एनआरएनए जापानको विशेषज्ञ समिति सदस्य सालिकराम भण्डारी, क्षेत्रीय समितिहरुको तर्फबाट नागोयाका संयोजक भेषनाथ गौतम लगायतले बोलेका थिए।

साधारण सभाले एनआरएनए जापानका महासचिव टिकाराम खरेलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक सुनारद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो। साधारण सभा एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र उपाध्यक्ष सिद्धार्थ श्रेष्ठको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।

प्रकाशित: ९ आश्विन २०८१ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App