१६ चैत्र २०८० शुक्रबार
प्रवास

जापानका स्कूलहरुले नेपालीका निजी कागजपत्र खोसे

जापानी पत्रिकामा कभरेज

टोकियो— जापान अाएका सयाैं नेपालीका निजी कागजपत्र कब्जा गरी विद्यार्थीमाथि शोषण भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाली दलाल तथा शैक्षिक परामर्शदा कम्पनीसँगको मिलेमतोमा जापान सरकारले प्रदान गर्ने जाइरयूउ कार्ड बीमा कार्ड समेत स्कूलले खाेसेर राखेकाे वास्तवकिता सार्वजनिक भएको हो।

अध्ययनका लागि आएका २ हजारभन्दा बढी नेपाली ओकिनावामा बसोबास गर्छन्। यी मध्ये धेरैजसो युवती छन्। उनीहरूका कागजपत्र अाफूसँग छैनन्। नेपाली युवतीमाथि यौन शोषणका घटना समेत भइरहेकाे पत्रिकाले सार्वजनिक गरेकाे छ।

जापानको ओकिनावा टापुमा अध्ययनरत नेपालीहरु यसरी पीडित बनेका हुन्। भाषा विद्यालयमा पढ्न आएका विद्यार्थी विभिन्न बाहानामा भाग्न थालेको भन्दै सो क्षेत्रका स्कूलहरुले यस्तो कदम चालेका बताएका छन्। नेपालीलाई ओकिनावासम्म पुर्याउने नेपाली दलाल तथा शैक्षिक परामर्शदाता संस्थाहरुकै सल्लाहमा उनीहरुका कागजपत्र खोसेर मानवअधिकारको चरम उल्लंघन गरिएको जापानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

‘निजी जीवनसँग सम्बन्धित जाइरयूउ तथा बीमा कार्ड विद्यालयले नियन्त्रणमा लिनू गैरकानी हो। नेपाली दलाल तथा परामर्शदाता कम्पनीकै सल्लाहमा बाध्य भएर विद्यालयहरुले यस्तो कदम चालेको बताएका छन्’, स्थानीय ओकिनावा टाइम्सले भनकाे छ।

अध्ययनका लागि आएका २ हजारभन्दा बढी नेपाली ओकिनावामा बसोबास गर्छन्। यी मध्ये धेरैजसो युवती छन्। उनीहरूमध्ये अधिकांशका कागजपत्र अाफूसँग छैनन्।

विद्यालय सञ्चालकहरुले नेपाली दलाल तथा कन्सल्टेन्सीको सुझावअनुसार अघि बढ्दा कानुनी फन्दामा पर्ने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जापानी भाषा कमजोर रहेका एवं थौरै पैसा भएकाहरु ओकिनावामा अझ पीडित छन्। 

नेपाली कन्सल्ट्यान्सी तथा दलालहरुले नै युवतीलाई फन्दामा पार्न थालेपछि त्यहाँबाट भाग्ने घटना बाक्लै हुन थलेका छन्। 

अाेकिनावा क्षेत्रमा रहेका नेपालीहरु तरकारी काट्ने, खेतीपाती, माछामासु काट्ने जस्ता सबैभन्दा तल्लो स्तरका काममा राेजगारीमा छन्।

दोषीमाथि कारवाही हुन्छ : कार्यवाहक राजदूत अर्याल

सयौं नेपाली युवतीलाई निजी कागजपत्र कब्जामा लिई बन्धक बनाएको घटना सार्वजनिक भएकोप्रति टोकियोस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएको छ। जापानका लागि कार्यवाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालले नेपालीमाथि गैरकानुनी रुपमा भएका व्यवहार एवं यौन हिंसाका संलग्न दोषीलाई खोजी गरी कारवाही गर्ने बताए।

‘नेपाल र नेपालीको हितका लागि दूतावास सधैँ तयार छ’, उनले नागरिकन्युजसँग भने, ‘साप्ताहिक विदापछि कार्यालय खुल्नासाथ जापानमा रहेकाहरुलाई कारवाही गर्न कुटनीतिक प्रक्रिया सुरु हुन्छ। नेपालमा रहेका दोषीहरुलाई नेपालको कानुनअनुसार कडा कारवाही सिफारिश हुन्छ।’

नेपाली विद्यार्थी युवतीको कागजपत्र खोसेर राख्ने ओकिनावाका विद्यालयहरुसँग पनि दूतावासले सोधपुछ गर्ने उनले जानकारी दिए।

(नेपाली युवतीमाथि यौन शोषण गरेकाे वाक्यांश जापानी पत्रिकाले उल्लेख गरेका होइनन्। असावधानीबस सो समावेश हुन गएकोमा क्षमाप्राथर्थी छौं। —सम्पादक )

प्रकाशित: २६ मंसिर २०७३ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App