१६ चैत्र २०८० शुक्रबार
प्रवास

टर्कीको भूकम्पग्रस्त क्षेत्रमा रहेका १५ जना नेपाली सुरक्षित छन्: एनआरएनए टर्की

टर्कीको भूकम्प प्रभावित क्षेत्र र प्रभावबाट जोगिन एकै ठाउँ भेला भएर बसेका नेपाली सहितका नागरिक। तस्बिर सौजन्य: डाक्टर बिनोद पौडेल / इस्तानबुल

टर्कीको भूकम्पग्रस्त क्षेत्रमा पछिल्लो जानकारी अनुसार १५ जना नेपाली रहेको र सबै सुरक्षित रहेको पाइएको छ। टर्कीको इस्तानबुलमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका गैर आवासीय नेपाली संघ टर्कीका महासचिव बिनोद पौडेलले अहिले सम्म भूकम्पग्रस्त क्षेत्रमा १५ जना नेपाली रहेको र सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको बताए।  

‘हामी नेपालीहरूको तथ्याङ्क र अवस्था लिइरहेका छौँ’ईस्तानबुलमा रहेका उनले सञ्चार सम्पर्कमा भने। उनका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित गाञ्जेन्तेपमा ६ जना नेपाली रहेका छन्। त्यसमध्ये ३ जना विद्यार्थी छन्।

 यस्तै हातायेमा २ जना र कायेसरीमा ७ जना नेपाली रहेका छन्। उनीहरु सबै जना सुरक्षित रहेको र गैर आवासीय नेपाली संघको सम्पर्कमा रहेको पौडेलले जानकारी दिए। यद्यपि अरु कोही नेपाली नागरिक भूकम्प प्रभावित क्षेत्रमा छन् की भनेर खोजी भइरहेको पौडेलले बताए।  

प्रकाशित: २४ माघ २०७९ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App